नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन्। उनी एक वरिष्ठ प्रभावशाली राजनीतिज्ञ, पूर्व अधिवक्ता एवं पूर्व प्राध्यापक समेत हुन्। उनी नेपाली कांग्रेसका सह–महामन्त्री र पार्टीका प्रवक्ता भएका थिए। केसीले २०३८ को राष्ट्रिय पञ्चायत चुनावमा स्वतन्त्रको रूपमा प्रतिस्पर्धा गरेर जितेका थिए। २०३८ मा स्वास्थ्य राज्यमन्त्री नियुक्त भए। २०४८ र २०५१ को संसदीय चुनावमा केसी दुई पटक संसदको सदस्यको रूपमा पनि निर्वाचित भएका थिए। उनी स्वास्थ्य, शिक्षा र भौतिक योजना मन्त्री थिए । २०७३ मा पनि केसी सहरी विकास मन्त्री बनेका थिए।