रौतहटको मौलापुरमा प्रभु साहको जन्म २०२८ असोज १३ मा भएको छ । उनी २०५४ सालमा नेकपा एमालेबाट पतौरा गाविसको वडाध्यक्षमा निर्वाचित भएका थिए । २०५७ सालमा जनयुद्ध लडिरहेको माओवादीसँग आवद्ध भए । र भुमिगत बने ।माओवादी शान्ति प्रक्रियामा आएपछि उनी लामो समय त्यही काम गरे । ०७४ मा उनी माओवादीबाटै निर्वाचित भएका थिए । पटक पटक साँसद र मन्त्री पनि भइसकेका छन् । पछिल्लो समय उनी माओवादी परित्याग गरी एमालेमा प्रवेश गरे । तर एमालेले आफूले चाहेका नेतालाई टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवार बनेका हुन् ।