०६४ को संविधानसभा निर्वाचनमा बम बिस्फोट हुँदा घाइतेहरूलाई इँटाभट्टामा पोलेको आरोपमा कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका मोहम्मद आफताब आलमका छोरा हुन् फिरदोस । उनलाई काँग्रेसले सत्ता गठबन्धनको उम्मेदवार बनाएको छ । ३५ वर्षीय उनी चिकित्सा पेशा छाडेर राजनीतिमा आएका छन् । फिरदोसका भाई मो. राजिक आलम राजपुर नगरपालिकाका मेयर हुन् ।