सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका नरेन्द्र सर्लाही क्षेत्र नम्वर ३ मा उम्मेदवार बनेका छन् । उनी ०७० मा तराई मधेश सद्भावना पार्टीबाट समानुपातिक साँसद बनेका थिए । २०७४ मा उनी स्वतन्त्र उठेका थिए । त्यतिबेला उनी नेकपा माओवादी केन्द्रका रामेश्वर रायसँग पराजित भए ।
दल बदल्दै अहिले उनी २०७४ मा आफूलाई हराउने दल माओवादीबाटै उम्मेदवार बनेका छन् । नरेन्द्र मनोनयन दर्ता गर्नुभन्दा केही दिनअघि मात्र माओवादीमा प्रवेश गरेका हुन् । नरेन्द्र विगतमा आफूले गरेको काम हेरेर नै जनताले आफूलाई चुनाव जिताउने दाबी गर्छन् ।