ठाकुर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को अध्यक्ष हुन् । सर्लाहीको मलंगवाका बासिन्दा उनको जन्म सन् १९४२ मे ६ मा भएको हो ।
ठाकुर २०१६ सालमै नेपाली काँग्रेसमा आवद्ध भई राजनीति सुरु गरेका थिए । मधेश आन्दोलनका बेला उनी काँग्रेस परित्याग गरी तमलोपा गठन गरे । पछि तमलोपा र अन्य मधेशी दल मिलेर राजपा बन्यो ।
राजपा पनि उपेन्द्र यादवको पार्टीमा मिसियो र बन्यो जसपा । तर ठाकुर नेतृत्वमा नेताहरु फेरी अलग भएर लोसपा गठन गरे । पटक पटक सर्लाहीबाटै निर्वाचन जितेका उनी ०७४ मा महोत्तरी ३ बाट चुनाव लडे र जिते पनि । यो पटक सत्ता गठबन्धनको उम्मेदवार बनेको छ ।