आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

राम परिक्षण यादव

मत - 10258

राम परिक्षण यादव (Ram Parichan yadhav)

नेकपा एमालेका नेता डा. यादव बलवा ४ महोत्तरीका बासिन्दा हुन् । उनको जन्म २०१५ कार्तिक ३ मा भएको हो । उनी चिकित्सा पेशा छाडेर पहिलो पटक चुनावी मैदानमा उत्रेका छन् ।

उनले २०२८ सालमै कक्षा ६ मा पढ्ने उमेरमै कृष्ण प्रसाद भट्टराईबाट सदस्यता लिएर काँग्रेसमा आवद्ध भएका थिए । ०३९ मा लखनउ युनिभर्सिटी भारतमा पढ्दा उनी नेविसंघका सचिव भए । ०४८ पछि सरकारी सेवामा प्रवेश गरे ।

सरकारी सेवाबाट अवकास पाएपछि डा. यादव नेकपा एमालेमा प्रवेश गरे र राजनीतिमा सक्रियता बढाए । उनी विपि कोइराला मेमोरियल क्यान्सर हस्पिटल, वीर अस्पताल, भक्तपुर अस्पताल, जनकपुर अंचल अस्पताल, जिल्ला स्वास्थ्य कार्यालय महोत्तरी र भेरी अञ्चल अस्पतालमा समेत सेवा गरेका छन् ।
 

महोत्तरी क्षेत्र २ का अन्य उम्मेदवारहरू