आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

अनिल कुमार झा

मत - 23686

अनिल कुमार झा (Anil Kumar Jha)

धनुषा क्षेत्र नम्वर ३ मा बाम–लोकतान्त्रिकको तर्फबाट लोसपा नेता अनिल कुमार झा उम्मेदवार बनेका छन् । झा रौतहटको दुर्गा भगवती गाउँपालिका ३ का स्थायी बासिन्दा हुन् । उनी ०७४ मा तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा)बाट रौतहट क्षेत्र नम्वर १ मा निर्वाचित भएका थिए ।
यसपटक सत्ता गठबन्धनभित्र रौतहट क्षेत्र नम्वर १ बाट नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालल उम्मेदवार बनेपछि झा धनुषा क्षेत्र नम्वर ३ मा आएका हुन् । ०६८ मा उनी उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री पनि बनेका थिए ।
उनको श्रीमती डिम्पल झाको क्यान्सरका कारण निधन भइसकेको छ । डिम्पल पनि राजनीतिमै थिइन् । राजपाले मधेश प्रदेशको समानुपातिक साँसद बनाएको थियो डिम्पललाई । उनी मधेश सरकारमा भौतिक पूर्वाधार विकास राज्यमन्त्री पनि भएकी थिइन् ।
 

धनुषा क्षेत्र ३ का अन्य उम्मेदवारहरू