धनुषा क्षेत्र नम्वर ३ मा जसपासँग गठबन्धन गरेका नेकपा एमालेले जुली कुमारी महतोलाई उम्मेदवार बनाएको छ । महतो लामो समयदेखि एमालेमा लागेर सक्रिय राजनीतिमा छन् ।
जनकपुरधाम उपमहानगरपालिका ९ घर भएकी उनी नेकपा एमाले सचिव रघुवीर महासेठको पत्नी हुन् । उनको माइत सिरहा छ । उद्योगपति उपेन्द्र महतोको बहिनी हुन् उनी ।
०७० मा धनुषा क्षेत्र नम्वर ३ बाट चुनाव लडेकी उनी काँग्रेसका विमलेन्द्र निधीबाट पराजित भएकी थिइन् । ०७४ मा उनलाई एमालेले समानुपातिक साँसद बनायो । केपी ओली नेतृत्वको सरकारमा उनी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भएकी थिइन् ।