आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

मातृका प्रसाद यादव

मत - 21483

मातृका प्रसाद यादव (Matrika Prasad yadhav)

नेकपा माओवादी केन्द्रका नेता मातृका प्रसाद यादव बाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट धनुषा क्षेत्र नम्वर १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदार बनेका छन् ।
यादव मधेसका प्रभावशाली नेता मानिन्छन् । ०३४ मा नेपाल कम्यूनिष्ट पार्टी (चौथो महाधिवेशन)बाट राजनीतिक यात्रा सुरु गरेका थिए । उनी सिरहा क्याम्पसमा दुई पटक सभापति निर्वाचित भए । त्यसपछि उनको राजनीतिक सफल बन्दै गयो । उनी माओवादी जनयुद्धमा मधेशको नेतृत्व पनि गरे ।
शान्ति प्रक्रियामा आएका माओवादी २०६३ माघ १ मा अन्तरिम संविधान जारी भएपछि तत्कालिन सरकारमा सहभागी भएको थियो । त्यतिबेला उनी वन तथा भूसंरक्षण मन्त्री बनेका थिए । ०६४ को पहिलो संविधानसभामा धनुषा १ बाट निर्वाचित भए । २०६५ माघ २९ गते माओवादी पुर्नगठन गर्ने भन्दै उनी माओवादी परित्याग गरी नेकपा (माओवादी) गठन गरे । तर पछि प्रचण्ड नेतृत्वकै माओवादीमा फर्किए ।
०७४ को निर्वाचनमा उनी धनुषा १ बाटै निर्वाचित भएका थिए । यादव प्रचण्डको नेतृत्मा भूमि सुधार मन्त्री र केपी शर्मा ओली नेतृत्वको सरकारमा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री पनि भइसकेका छन् ।

धनुषा क्षेत्र १ का अन्य उम्मेदवारहरू