आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

धर्मनाथ प्रसाद साह

मत - 14653

धर्मनाथ प्रसाद साह (Dharmanath Prasad Shah)

सत्ता गठबन्धनको तर्फबाट सिरहा क्षेत्र नम्वर ४ मा नेकपा एकिकृत समाजवादीका नेता धर्मनाथ साह उम्मेदवार बनेका छन् । उनी पुराना कम्यूनिष्ट नेता हुन् ।
सिरहाको मिर्चैया नगरपालिका ५ बडहरा घर भएका साह ०५१ सालमा सिरहाको तत्कालिन क्षेत्र नम्वर ५ बाट विजयी भएका थिए । काँग्रेस नेता स्वर्गिय प्रदिप गिरीलाई पराजित गरेका उनी सामान्य प्रशासन मन्त्री पनि भएका थिए । ०७० मा उनलाई एमालेले समानुपातिक साँसद बनायो ।
माधव कुमार नेपाल समूहमा रहेका साह पछिल्लो समय राजनीतिमा ओझेलमा परेका थिए । तर यो पटक सत्ता गठबन्धनको तर्फबाट टिकट पाएका उनी चुनाव जितेर पुनः संसद प्रवेश गर्ने दाउमा छन् । 
कम्यूनिष्ट पार्टीमा लागेकै कारण उनी १४ वर्षकै उमेरमा जेल परेका थिए । २०३४ साल देखि नै राजनीतिमा प्रवेश गरेका थिए साह । २०४६ सालको जनआन्दोलनको सुरुवातमै आफैले प्राध्यापन गराएको पृथ्वी नारायण क्याम्पस पोखराबाट उनी गिरफ्तार भई कास्की, मुस्ताङ र स्याङजा जेलमा अड्डा सार गर्दै यातना भोगेका नेता हुन् ।
 

सिरहा क्षेत्र ४ का अन्य उम्मेदवारहरू