सिरहा क्षेत्र नम्वर ४ मा प्रतिनिधिसभा सदस्यका लागि जनता समाजवादी पार्टी (जसपा)ले डा. बिरेन्द्र महतोलाई उम्मेदवार बनाएको छ । उनलाई जसपाको समर्थन छ ।
सिरहाको कर्जन्हाका महतो उद्योगपति उपेन्द्र महतोका भाई हुन् । मधेश आन्दोलनदेखि नै उनी उपेन्द्र यादव नेतृत्वको पार्टीमा सक्रिय छन् । उनलाई पार्टीले ०७४ मा समानुपातिक साँसद बनाएको थियो । उनी पहिलो पटक प्रत्यक्ष चुनाव लडेका छन् ।
उनी गाउँमै आमाको नामबाट फूल कुमारी महतो मेमोरियल हस्पिटल सञ्चालन गरेका छन् । साथै महतो माछापुछ«े बैंकका अध्यक्ष पनि हुन् । यसबाहेक अन्य विभिन्न उद्योगमा उनको लगानी रहेको छ ।