सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका नेता विश्वनाथ साह सिरहा क्षेत्र नम्वर ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छन् । उनी गोलबजार नगरपालिका ४, सिरहाका स्थायी बासिन्दा हुन् ।
२०२८ मा अनेरास्ववियुबाट साह राजनीतिमा होमिए । २०५४ को स्थानीय निर्वाचनमा तत्कालीन असनपुर गाविस अध्यक्षमा उनी निर्वाचित भएका थिए । २०४८ र २०६४ को संसदीय निर्वाचनमा तत्कालीन सिरहा ५ मा जनमोर्चा नेपालबाट उम्मेदवार बने पनि उनी पराजित भएका थिए ।
जनमोर्चाका नारायणकाजी श्रेष्ठ माओवादीमा समायोजन हुँदा साह उनीसँगै आएका नेता हुन् । पुराना कम्युनिस्ट नेता साह २०६८ मा शान्ति तथा पुन निर्माणमन्त्री बनेका थिए ।