आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

लिलानाथ श्रेष्ठ

मत - 28064

विजयी

लिलानाथ श्रेष्ठ (Lilanath Shrestha)

सिरहा क्षेत्र नम्वर ३ बाट नेकपा एमालेले लीलानाथ श्रेष्ठलाई चुनावी मैदानमा उतारेको छ । श्रेष्ठ गोलबजार नगरपालिका ७, सिरहाका स्थायी बासिन्दा हुन् ।
०५४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालीन सिरहा जिल्ला विकास समितिको उपसभापति चुनिएपछि उनी राजनीतिक रुपमा लगातार अगाडी बढिरहे । एमालेको साधारण सदस्यदेखि जिल्ला अध्यक्षसम्म बनेका श्रेष्ठ ०७० को संविधानसभामा माओवादी अध्यक्ष प्रचण्डसँग प्रतिस्पर्धा गरेर एकाएक चर्चामा आए ।
तत्कालिन सिरहा क्षेत्र नम्वर ५ बाट माआवादी अध्यक्ष प्रचण्ड र श्रेष्ठ नेकपा एमालेबाट चुनाव लडेका थिए । प्रचण्डबाट श्रेष्ठ पराजित भएका थिए । श्रेष्ठले भने धाँधली गरेर जितेको आरोप प्रचण्डमाथि अहिले पनि लगाउँदै आएका छन् ।
तर ०७४ को निर्वाचनमा माओवादीकै सहयोग अर्थात् बाम गठन्धनबाट उनी सिरहा क्षेत्र नम्वर ३ बाट विजयी भए । केपी ओली नेतृत्वको सरकारमा उनी कानून मन्त्री बन्ने अवसर पाए । यो पटक उनलाई जनता समाजवादी पार्टी (जसपा)को समर्थन छ ।
 

सिरहा क्षेत्र ३ का अन्य उम्मेदवारहरू