आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

राज किशोर यादव

मत - 24178

विजयी

राज किशोर यादव (Raj Kishor Yadhav)

मधेस आन्दोलनबाट उदाएका नेता राजकिशोर यादवलाई जनता समाजवादी पार्टी (जसपा)ले यो पटक सिरहा क्षेत्र नम्वर २ बाट उम्मेदवार बनाएको छ । उनको घर नरहा गाउँपालिका ३ मा पर्छ ।
तत्कालिन मधेसी जनअधिकार फोरमबाट पहिलो संविधानसभा सदस्यमा सिरहा क्षेत्र नम्वर ४ बाट उनी निर्वाचित भएका थिए । फोरम विभाजन हुँदा उनी जेपी गुप्ता नेतृत्वमा गठित मधेसी जनअधिकार फोरम (गणतान्त्रिक)को सह–अध्यक्ष भए । पछि गुप्ता भ्रष्टाचार मुद्दामा जेल पुगे । त्यसपछि पार्टी अध्यक्ष बनेका उनी सञ्चारमन्त्री बन्ने अवसर पनि पाए ।
दोस्रो संविधानसभामा सिरहा ४ बाटै चुनाव लडेका उनी पराजित भए । पार्टीबाट उनी श्रीमति सरिता यादवलाई समानुपातिक साँसद बनाएका थिए । पछि उनले महन्ठ ठाकुर लगायतका ५ मधेसीपार्टीसँग एकिकरण गरी राष्ट्रिय जनता पार्टी (राजपा) गठन गर्यो । उनी ०७४ को निर्वाचनमा तत्कालिन राजपाबाटै सिरहा क्षेत्र नम्वर ४ मा निर्वाचित भए ।
 

सिरहा क्षेत्र २ का अन्य उम्मेदवारहरू