आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

चित्रलेखा यादब

मत - 23028

चित्रलेखा यादब (Chitralekha Yadhav)

बाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट सिरहा क्षेत्र नम्वर १ प्रतिनिधिसभा सदस्यका लागि नेपाली काँग्रेसकी केन्द्रीय सदस्य चित्रलेखा यादव उम्मेदवार भएकी छन् । उनी काँग्रेसकी प्रमुख सचेतक पनि हुन् ।
सिरहाको नवराजपुर घर भएकी उनको जन्म २०२२ जेष्ठ १५ मा भएको छ । स्नातकोत्तर गरेकी उनी नेपाली राजनीतिमा चर्चित अनुहारमध्ये पर्छन् । २०३६ सालमा काँग्रेसको भातृ संगठन नेविसंघमा आवद्ध भएर राजनीति यात्रा उनी सुरु गरेकी थिइन् ।
कांग्रेस केन्द्रीय सदस्य हुँदै २०७० मा उनी पार्टीको कोषाध्यक्ष बन्न सफल भइन् । उनी ०५६ मै सांसदमा निर्वाचित भएकी थिइन् । त्यतिबेला उनी उपसभामुख भइन् । त्यसपछि ०७० र ७४ मा काँग्रेसले उनलाई समानुपातिक साँसद बनायो । ०७२ मा उनी शिक्षामन्त्री भएकी थिइन् । पटक पटक साँसद, उपसभामुख र मन्त्री भइसकेकी उनी यो निर्वाचन आफ्नो लागि अन्तिम भएको बताउँछन् ।

सिरहा क्षेत्र २ का अन्य उम्मेदवारहरू