आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

पदम नारायण चौधरी

मत - 27379

पदम नारायण चौधरी (Padam Narayan Chaudhary)

सिरहा क्षेत्र नम्वर १ बाट नेपाली काँग्रेसका केन्द्रीय सदस्य पद्मनारायण चौधरी बाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । लहान नगरपालिका १ मटियर्वा घर भएका चौधरी पटक पटक साँसद बनेका हुन् ।
चौधरी २०४८ को आम निर्वाचन पनि सिरहा क्षेत्र नम्वर १ बाटै जितेका थिए । उनी त्यसअघि पनि संसद चुनिएका थिए । पहिलो संविधानसभा सदस्यमा पराजित उनी दोस्रो संविधानसभा सदस्यमा निर्वाचित भए । ०७४ मा पार्टीले उनलाई समानुपातिक सांसद बनाएको थियो ।
चौधरी सिरहाका पाका नेता हुन् । उनी तत्कालिन गिरिजा प्रसाद कोइराला नेतृत्वको सरकारमा उद्योग राज्यमन्त्री पनि भएका थिए । चार पटक सांसद र एक पटक उद्योग राज्यमन्त्री बनिसकेका चौधरी यस पटक सत्तारुढ गठबन्धनका साझा उम्मेदवार बनेका छन् । 
सिरहा क्षेत्र नम्वर १ मा कांग्रेसले आफ्नो पकड मान्दै आएका कारण जित निकाल्ने उनको दाबी छ । उनले कांग्रेसको मुख्य एजेन्डा भनेको संसद् र व्यवस्थालाई जोगाउने भएको बताउँछन् ।

सिरहा क्षेत्र १ का अन्य उम्मेदवारहरू