आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

राम शंकर यादव

मत - 29462

विजयी

राम शंकर यादव (Ram Shankar Yadhav)

रामशंकर यादव नेकपा एमालेको तर्फबाट सिरहा क्षेत्र नम्वर १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् । उनलाई जनता समाजवादी पार्टी (जसपा)को समर्थन छ । 
भगवानपुर गाउँपालिका घर भएका यावको राजनीतिक इतिहास पनि लामो छ । उनी तत्कालिन भगवानपुर गाविसमा २०४८ र २०५४ मा नेपाली काँग्रेसबाटै अध्यक्ष निर्वाचित भइसकेका हुन् । २०५६ मा काँग्रेस छाडेर यादव संसदीय निर्वाचनमा मालेबाट उम्मेदवार बनेका थिए । 
यादव एमालेको मधेस प्रदेश कमिटी सदस्य हुन् । हत्या अभियोगमा अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय पाएका उनी २०७६ मा राष्ट्रपतिबाट आममाफी पाए । ०५८ मंसिरमा यात्रुवाहक बसको विषयमा भएको विवादपछि गोली चल्दा सुरक्षामा खटिएका प्रहरी जवान यमबहादुर बस्नेतको मृत्यु भएको थियो । सो घटनामा संलग्न रहेको ठहर गर्दै यादवलाई कर्तव्य ज्यान मुद्दामा सिरहा जिल्ला अदालतको ६ माघ २०६१ को फैसलाले सर्वस्वसहित जन्मकैद सजाय तोकिएको थियो ।
चुनाव जित्ने दावी गरिरहेका यादले आफ्नो प्राथमिकता शिक्षा, स्वास्थ्य सडकको विकास रहेको बताउँछन् । कृषिको आधुनिकीकरणलाई प्राथमिकतामा राखेर काम गर्ने उनको योजना छ ।
 

सिरहा क्षेत्र १ का अन्य उम्मेदवारहरू