डा खड्का नेपाल सरकरका पररापष्ट्र मन्त्री हुन् । उनी २०६४को निर्वाचन यता निरन्तर उदयपुरबाट निर्वाचित हुँदै आएका नेता हुन् । उनी भोजपुरको दावाँमा २००५ सालमा जन्मिएका हुन् । २०२३ सालमा विद्यार्थी आन्दोलनबाट राजनीतिमा लागेका उनले कांग्रेसको विद्यार्थी फाँट हुँदै पार्टीगत राजनीतिमा सक्रिय रहेर नेपाली कांग्रेसको केन्द्रीय सदस्य भएका छन् । खड्का नेपाली काङ्ग्रेसका अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सदस्य हुन् । २०७० सालमा उनी शहरी विकासमन्त्री थिए भने २०५६ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईका सल्लाहकार थिए । उनले २०५७ सालमा राष्ट्रिय योजना आयोगको उपाध्यक्षका रूपमा काम गरिसकेका छन् ।