आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

विजय कुमार गच्छदार

मत - 35600

विजय कुमार गच्छदार (Bijay Kumar Gachhadar)

सुनसरीको तात्कालिन भलुवा गाबिस पचिरामा २०१० साल माघ १९ मा जन्मिएका गच्छदार नेपाली कांग्रेसको १४ औ महाधिबेशनमा उपाध्यक्षमा २ मतले पराजित भए । उनी २०४८ सालदेखि सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ बाट लगातार विजयी भएका छन् । उनी एक पटक पनि संसदीय चुनावमा पराजित भएका छैनन् । नेपाल विद्यार्थी संघको राजनीतिबाट कांग्रेसको राजनीतिमा होमिएका गच्छदार कांग्रेसका पूर्व  सभापति तथा प्रधानमन्त्री  गिरिजा प्रसाद कोइरालाको विश्वास पात्र मानिन्थे । उनको राजनीतिक यात्रा २०२६ सालदेखि नेपाली कांग्रेसबाट शरु भएको हो  उनी मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का संस्थापक अध्यक्ष हुन् । उनी १३ पटक मन्त्री भएका छन् । पटक पटक उप प्रधानमन्त्री भएका गच्छदारले स्नातकोत्तर सम्म पढेका छन् । उनी पहिलो पटक २०४८ सालमा सञ्चार राज्यमन्त्री भएका थिए । यसपछि उनी हरेक जसो सरकारमा मन्त्री हुँर्दै आएका छन् । पछिल्लो समय भने ललिता निवास जग्गा प्रकरणमा भ्रष्टचारको मुद्या परेपछि उनी संसदबाट निलम्वीत भएका छन् । 

सुनसरी क्षेत्र ३ का अन्य उम्मेदवारहरू