भगवती चौधरी एमाले केन्द्रिय सदस्य तथा सुनसरी सह इन्चार्ज हुन् । उनी पूर्व राज्यमन्त्री समेत हुन् । २०७०र ७४मा विजयकुमार गच्छदारसँग पराजित भएकी चौधरी राजनीतिसँगै सामाजिक र आर्थीक क्षेत्रमा पहिचान बनाएकी नेता हुन् । उनी फरवार्ड नाम लगूबित्त सस्थाकी पूर्व अध्यक्ष समेत हुन् ।
२०४८ सालमा नेकपा एमालेमा अवद्ध भएकी चौधरी २०६४ मा नेकपा एमाले सुनसरी जिल्ला कमिटी सदस्य बनिन् । उनी पहिलो संबिधान सभामा समानुपातिक संबिधान सभा सदस्य समेत हुन् । २०७० मा कोसी अञ्चल समन्वय कमिटी सदस्य भएकी चौधर त्यसपछि केन्द्रिय सदस्य भएकी हुन् ।