सीताराम महतो पूर्व राज्यमन्त्री हुन् । उनी नेपाली कांग्रेसका केन्द्रिय सदस्य थिए । २०७० सालको निर्वाचनबाट उनी लगातार सो क्षेत्रबाट विजयी हुँदै आएका छन् । ७० मा भने सो क्षेत्र निर्वाचन क्षेत्र नम्बर ४ मा पथ्र्यो ।
२०१० सालमा सुनसरीको इनरुवामा जन्मिएका मेहता नेपाल विद्यार्थी संघबाट राजिनीतिमा प्रवेश गरेका हुन् । २०३१ मा नेविसंघको सुनसरी जिल्ला सभापति र २०३५ सालमा नेपाली कांग्रेस सुनसरी जिल्ला सदस्य भएका उनी प्रजातान्त्रीक कांग्रेस सुनसरीको सभापति भए । पार्टी एकिकरण भएपछि उनी सभापति भए । २०४९ सालको स्थानीय निकाय निर्वाचनबाट इनरुवा नगरपालिकाको उपमेयर भएका उनी ५४ मा भने खेमराज पोखरेलसँग पराजित भए ।