आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

भीम प्रसाद आचार्य

मत - 32024

विजयी

भीम प्रसाद आचार्य (Bhim Prasad Aacharya)

एमालेका सचिब भइसकेका भिम आचार्यको जन्म २०१६ सालमा धनकुटामा भएको हो । उनी प्रदेश १ सरकारका पूर्व मुख्यमन्त्री समेत हुन् । सन् १९९५ देखि विद्यार्थी राजनीति गर्दै आएका आचार्य सन् १९९७ देखि एमाले राजनीतिमा सक्रिय छन्। २०७१ सालमा सुशील कोइराला नेतृत्वको सरकारमा उनी संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भएका थिए। २०७४को निर्वाचनमा उनी सुनसरीको प्रतिनीधि सभा क्षेत्र नम्बर १ प्रदेश सभा २ बाट प्रदेश सभामा विजयी भएका थिए । उनी २०३२ सालको विद्यार्थी आन्दोलनबाट प्रभावित भएर राजनीतिमा लागेका हुन् । २०३६ सालमा इन्जिनियरिङ अध्ययन संस्थान स्ववियु सचिवमा अनेरास्ववियुबाट निर्वाचित भएपछि उनी सक्रिय राजनीतिमा लागेका हुन् । उनी २०३९ सालमा सम्पन्न अनेरास्ववियुको सातौं राष्ट्रिय सम्मेलनबाट महासचिवमा निर्वाचित भए । २०४७–२०५५ सम्म नेकपा (एमाले) सुनसरी जिल्ला कमिटीको सचिव भएका उनी २०५७÷०५८ मा पार्टी केन्द्रीय कार्यालयको सचिव भए । 

सुनसरी क्षेत्र २ का अन्य उम्मेदवारहरू