शेखर कोइरालाको जन्म विसं २००७ भाद्र ०९ गते केशब प्रसाद कोइराला र नोना कोइरालाको कोखबाट कोइराला परिवारका सदस्यको रूपमा भएको हो । उनी नेपाली कांग्रेसको १४ औ महाधिबेसनमा सभापति पदमा पराजित भए । १३ औ महाधिबेसनमा केन्द्रिय सदस्यमा सवैभन्दा बढि मत ल्याएर विजयी भएका थिए । उनी संविधानसभा निर्वाचन २०७० मोरङ जिल्लाबाट निर्वाचित भएका थिए । २०७४को निर्वाचनमा भने उनी मोरङ क्षेत्र नम्बर ६ मा लालबावु पण्डितसँग पराजित भए । पेशाले डाक्टर शेखर कोइराला वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति हुन् । उनले बीर अस्पताल र कोशी अञ्चल अस्पतालमा सेवा प्रदान गरेका छन् । उनी नेपाली काग्रेसको सस्थापन इतरको समुहको नेतृत्व गर्दै आएका छन् ।