लालबावु पण्डित नेकपा एमालेका स्थायी कमिटि सदस्य हुन् । उनको जन्म जन्म २०१५ मंसिर १९ मा सर्लाहीमा भएको थियो। २०३९ सालदेखि उनी मोरङबाट राजनीतिमा संलग्न छन् । पण्डित २०३५ सालमा बालाजु औधोगिक क्षेत्रको यन्त्रशालामा ओभरसियरको रुपमा जागिर खान्थे । औधोगिक क्षेत्रमा काम गर्दै पार्टी सगठनको काम गर्ने क्रममा पटक पटक पक्राउ परेपछि २०३९ सालमा मोरङ पुगेर राजनीति गरेका थिए। उनी २०४८ र २०५६ सालको आम निर्वाचनमा मोरङबाट संसदमा निर्वाचित भएका थिए। २०६४ मा भने उनी समानुपातिक कोटाबाट संबिधान सभाको सदस्य बने। २०७० मा सभासद नभइकनै शुसिल कोइरालाको नेतृत्वमा बनेको सरकारको सामन्य प्रशासन मन्त्री बनेका थिए । २०७४ को निर्वाचनमा उनी मोरङ ६बाट निर्वाचित भएका हुन्।