मोरङ क्षेत्र नम्बर ३ बाट एमाले उमेद्वार बनेका भानुभत्त ढकाल एमाले स्थायी कमिटि सदस्य हुन् । एमालेको जनसंगठन संयन्त्रको इन्चार्ज समेत रहेका ढकाल यस अघि सोही निर्वान क्षेत्रबाट विजयी भएका थिए । उनी स्वास्थय र कानुन मन्त्री समेत भए । उनको राजनीति भने अनेरास्ववीयूबाट शुरु भएको हो । म्याङ्लुङ्ग क्याम्पस प्राक कमिटिको अध्यक्ष बाट उनी राजनीतिमा आएका हुन् । उनको तेह्रथुमको ओख्रेमा २०१८ साल कात्तिकमा उनको जन्म भएको हो । उनी २०७० सालमा संबिधान सभाको निर्वाचनमा समानुपातिक तर्फबाट संबिधान सभा सदस्य भएका थिए । तेह्थुमको सिंहवाहिनी माध्यमिक विद्यालयमा अध्ययन गरेका ढकाल अनेरास्ववीयूको तेह्रथुम जिल्ला कमिटीको उपाध्यक्ष र अध्यक्ष भए । उनी अनेरास्ववीयूको महासचिब समेत भए ।