आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

सुदन किराती

मत - 28591

विजयी

सुदन किराती (Sudan Kirati)

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य किराती अहिले ह्याट्रिकको दाउसहित मैदानमा छन् । २०६४ सालमा एमालेका नेता शेरधन राईलाई पराजित गरेर पहिलोपटक भोजपुरबाट सांसद निर्वाचित किराती २०७० सालमा उनै राईसँग पराजित भए ।

२०७४ मा एमालेसँगको गठबन्धनमा चुनाव जिते । अहिले शेरधनसँगै मैदानमा प्रतिस्पर्धामा उत्रिएका छन् । शेरधन र सुदनको चुनावी मैदानमा यो तेस्रो भेट हो ।

सुदन गोपाल किराती नेतृत्वको तत्कालीन किरात वर्कसबाट माओवादीको भूमिगत राजनीतिमा आएका थिए । उनी शीर्ष नेतृत्वप्रति तीखो प्रश्न गर्ने नेतामध्ये पर्छन् ।