आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

शेरधन राई

मत - 26202

शेरधन राई (Sherdhan Rai)

शेरधन राई २०५६ को संसदीय चुनावमा २८ वर्षकै उमेरमा  सबैभन्दा कान्छो सांसदको रूपमा संसद छिरेका थिए । पार्टीमा फुटलगायतका जस्तोसुकै संकटमा शेरधन अविचलित भएर एमालेमै रहे । ५४ मा एमाले पार्टी विभाजित हुँदा राई एमाले भोजपुरको उपसचिव थिए । अधिकांश नेता कार्यकर्ता मालेमा गएपछि भोजपुर एमालेको कमाण्ड सम्हालेका शेरधनले २०५४-७० वैशाखसम्म लगातार चार कार्यकाल जिल्ला हाँके ।

उनले पार्टीमा मात्र नभई राजकीय जिम्मेवारी पनि कुशलतापूर्वक निभाइसकेका छन् । ७० मा संविधानसभामा निर्वाचित भएपछि उनी संविधान मस्यौदा समितिको सदस्य र सुशासन तथा अनुगमन समितिको सभापति भए । उनी सञ्चारमन्त्री भए ।

संघीय संरचनापछि २०७४ फागुन २ गते शेरधन प्रदेश १ को पहिलो मुख्यमन्त्री बने । सात प्रदेशमध्ये कान्छो मुख्यमन्त्रीरूपमा राईले ३ वर्ष ६ महिना ७ दिन जिम्मेवारी सम्हाले । ११औं महाधिवेशनबाट उनी पार्टी स्थायी कमिटीमा छन् ।

२३ वर्षपछि पाँचौंपटक शेरधन पुन: चुनावी मैदानमा छन् । भोजपुरबाट  ह्याट्रिक गरिसकेका उनी चौथो जितको व्यग्र प्रतीक्षामा छन् । गठबन्धनबाट माओवादीका उम्मेदवार सुदन किरातीसँग उनको प्रतिस्पर्धा हुनेछ । रोचक त के छ भने- किरातीसँग उनको यो तेस्रो भिडन्त हो । ६४ को पहिलो संविधानसभा चुनावमा शेरधनलाई किरातीले हराए । ७० मा उनै सुदनलाई शेरधनले हराए । ७४ मा वामगठबन्धनबाट सुदन संघ, शेरधन प्रदेशमा विजयी भए ।