आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

खगेन्द्र अधिकारी

मत - 23743

खगेन्द्र अधिकारी (Khagendra Adhikari)

उनले १८ बर्ष त्रिभुवन विश्व विद्यालयमा प्राध्यापन गरेका छन् । उनी राजनीतिका हाइप्रोफाइल नेता होइनन् । २०३१ सालमा गौरादहको धिमधिमेमा जन्मिएर प्रारम्भिक शिक्षा स्थानीय सूर्याेदय निमावि, त्यसपछि गौरादहको जनता माविबाट शिक्षा लिएका हुन् ।  धरानको केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार भर्ना भएका उनले त्यहिँबाट नेविसंघको राजनीति सुरु गरेका थिए। आईएस्सी अध्ययनका क्रममा उनी नेविसंघको क्याम्पस इकाई सभापतिसमेत बने। त्यसपछि बिएस्सी अध्ययनका लागि महेन्द्र मोरङ क्याम्पस विराटनगर आए। महेन्द्र मोरङमासमेत अध्ययनसँगै राजनीतिलाई निरन्तरता दिएका उनी इकाई सभापति भए भने त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरबाट एमएस्सी पूरा गरेपछि २०५७ सालदेखि प्राध्यापन पेसामा संलग्न रहे। उनी अघिल्लो निर्वाचनमा सोही क्षेत्रमा पराजित भएका थिए । 
 

झापा क्षेत्र ५ का अन्य उम्मेदवारहरू