केपी शर्मा ओली नेकपा एमालेका अध्यक्ष हुन् । २००८ साल फागुन ११ गते शनिबार तेह्रथुम जिल्लाको इवा गाउँमा उनको जन्म भएको थियो । ताप्लेजुङमा जन्मिए पनि ओलीले शिक्षा भने झापामा लिए । ओली विक्रम संवत् २०५१ देखि २०५२ सम्म गृहमन्त्री भए । २०६४ सालदेखि २०६५ सम्म उपप्रधान एवम् परराष्ट्रमन्त्री भएका थिए ।
उनी नेकपा एमालेको प्रतिनिधित्व गर्दै २०७२ असोज २४ गते नेपालको ३८औँ प्रधानमन्त्रीको रूपमा निर्वाचित भएका थिए । उनी २०४८ सालमा झापा क्षेत्र नम्बर ६ र २०५९ सालमा झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । ७० को संविधानसभा निर्वाचनयता उनी निरन्तर यही क्षेत्रबाट निर्वाचित हुँदै आएका छन् ।