उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष हुन् । राजेन्द्र लिङ्देनको जन्म वि.सं. २०२२ भदौ २२ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा भएको हो । तर उनको बाल्यकाल भने झापमा नै वित्यो । उनी झापाको हल्दिवारी गाबिसका स्थायी बासिन्दा हुन् । उनले राजनीति शास्त्र र इतिहासमा स्नातकोत्तर गरेका छन्। पूर्व राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा लिङ्देन जिल्ला विकास समिति झापाको सभापति बनेका थिए । २०७१ को राप्रपाको पार्टी महाधिवेशनमा केन्द्रियमा निर्वाचित लिङ्देन ७८को महाधिबेशनमा कमल थापालाई हराउँदै अध्यक्षमा विजयी भएका छन् ।