उनी नेपाली कांग्रेसका प्रभावशाली नेता हुन् । नेपाली कांग्रेसको १३ औ महाधिबेशनमा उनी सभापतिमा पराजित भएका नेता हुन् । झापाको चन्द्रगढी स्थायी घर भएका सिटौलाले माओवादीलाई शान्ती प्रक्रियामा ल्याउन महत्वपूर्ण भूमिका खेलेका छन् । उनी नेपाली कांग्रेसको महामन्त्री भइसकेका छन्। उनी २०६३ मा उप प्रधान तथा गृह मन्त्री भएका छन् । २०७४ उनी राप्रपाका अध्यक्ष राजेन्द्र लिंगदेनसँग पराजित भएका थिए ।