आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

राजेन्द्र कुमार राई

मत - 16118

विजयी

राजेन्द्र कुमार राई (rajendra kumar rai)

२०२७ असार १५ गते भोजपुरको साविक किमालुङ गाविस सुर्केमा जन्मिएका राजेन्द्रको घर अहिले झ्याउँपोखरीमा छ । उनी प्रदेश १ का मुख्यमन्त्री हुन् ।

२०४३ सालतिर काठमाडौं छिरेका उनी आरआर क्याम्पसको स्ववियू सदस्य हुँदै २०४९ मा सभापति निर्वाचित भए । विद्यार्थी संगठनबाट मुलधारको राजनीतिमा आएका राईले अनेरास्ववियूमा २ दशकबढी बिताए । गाउँमै मावि पढ्दा अनेरास्ववियूका प्रारम्भिक कमिटी हुँदै उनी केन्द्रीय अध्यक्षसम्म भए । २०५७-२०५९ र २०५९-२०६१ मा राजेन्द्र अनेरास्ववियूको नेतृत्वमा रहे ।

एमाले नवौँ महाधिवेशनमा उनी केन्द्रीय सदस्यमा निर्वाचित भए । नेकपाकालमा केन्द्रीय सदस्य तथा संखुवासभा इन्चार्जको जिम्मेवारीमा रहे । माधव नेपाल प्रधानमन्त्री हुँदा राई जनसम्पर्क सल्लाहकार भएका थिए । एमालेबाट विभाजित भएर बनेको नयाँ पार्टी नेकपा एसमा हाल उनी केन्द्रीय सचिवको जिम्मेवारीमा छन् ।

जनआन्दोलनताका गणतन्त्रको नारा लगाएर युवामाझ लोकप्रिय बनेका उनलाई राजद्रोहको अभियोगमा ३ महिनाभन्दा बढी जेलमा राखिएको थियो । हक्की स्वाभावका मानिने राजेन्द्र एमालेका हरिबहादुर राईसँग प्रतिस्पर्धामा छन् ।