आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

हरि बहादुर राई

मत - 12226

हरि बहादुर राई (hari bahadur rai)

२०२६ सालमा भोजपुरको खावामा जन्मिएका हरिबहादुर एमालेको केन्द्रीय सदस्य एवं भोजपुर जिल्ला इन्चार्ज छन् । २०३९ सालबाट विद्यार्थी राजनीति सुरू गरेका राईले २०४० सालमा अनेरास्ववियू एकता पाँचौंको सदस्यता लिएका थिए । उनी २०४२ मा अनेरास्ववियू प्रारम्भिक कमिटी, २०४७ माघमा नेकपा एमाले गाउँ कमिटीको उपसचिव भए ।

२०४९ सालमा एमाले जिल्ला कमिटी सदस्य बनेका राई २०५४ मा जिविस भोजपुरको सदस्य निर्वाचित भए । २०६५-२०६८ मा एमाले भोजपुरको उपसचिव भएका उनी १४ वर्षसम्म युवा संघको केन्द्रीय नेतृत्वमा रहे । राई एमालेको नवौं महाधिवेशनबाट वैकल्पिक सदस्यमा निर्वाचत भए ।

२०६६ सालमा युवा संघको लहान महाधिवेशनबाट केन्द्रीय उपाध्यक्ष बनेका राई युवा संघको सातौं महाधिवेशनबाट केन्द्रीय सल्लाहकार सभापति बनेका थिए । युवा संघमा रहँदा साझा अभिभावकजस्तै बनेका राई अहिले पनि देशभरीका युवाहरूले सम्मानका साथ हेर्छन् ।

उनी प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईसँग प्रतिस्पर्धामा छन् ।