मंगलप्रसाद गुप्ता २०४८ सालमा नेपाली काँग्रेसबाट सांसदमा चुनाव लडेपनि विजयी हुन सकेनन् । त्यसयता तमलोपा, जनता समाजवादी पार्टी हुँदै एक वर्षअघि एमाले प्रवेश गरेका हुन् । कांग्रेसपछि उनी तमलोपा, जसपाबाट चुनाव लडेपनि अहिलेसम्म निर्वाचन जित्न सकेका छैनन् । ०७४ को निर्वाचनमा उनी जसपाबाट उम्मेदार बनेर उपविजेता बनेका थिए । दक्षिणी कपिलवस्तुमा बलियो प्रभाव रहेको गुप्ता परिवार नै पहिलेदेखि नै राजनीतिमा लागेको थियो