कपिलवस्तुमा लामो समय नेपाली कांग्रेसको विभिन्न तहमा बसेर काम गरेका नेता हुन् सुरेन्द्रराज आचार्य । जिल्लाको पार्टी नेतृत्व सम्हालेका आचार्य अहिले कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री छन् । पार्टीमा शेखर कोइराला पक्षधर रहेका आचार्य २०७० को दोस्रो संविधान सभाको सदस्य पदमा निर्वाचित भई तीन महिना सिंचाई राज्यमन्त्री बनेका थिए । दुई कार्यकाल कांग्रेस पार्टीको जिल्ला सभापति भएका आचार्य ०७४ मा यही क्षेत्रबाट पराजित भएका हुन् । अहिले सत्तारुढ गठबन्धनको समर्थनमा उम्मेदार बनेका छन् ।