आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

दीपक बोहरा

मत - 36717

विजयी

दीपक बोहरा (Dipak Bohara)

राजनीतिमा चार दशकदेखि क्रियाशील छन् दीपक बोहोरा । २०३६ सालको आम निर्वाचनमा रुपन्देहीबाट राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएसँगै उनको संसदीय राजनीति शुरु भएको हो । २०३८ असार २ गते सहायक पर्यटन मन्त्री बनेका थिए ।  २०७० सालमा दोस्रो संबिधानसभाको निर्वाचनमा रुपन्देही २ बाट संबिधानसभा सदस्यमा निर्वाचित भए । २०७४ सालको  निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधी सभा सदस्यमा उपविजेता भए ।  बोहोरा आपूर्ति मन्त्री २०७३, श्रम तथा रोजगार मन्त्री २०७२, वन तथा भूसंरक्षण मन्त्री २०६७ मा मन्त्री बने । पंचायतकालमा निर्माण तथा यातायात मन्त्री २०४३ र ४४,  राज्यमन्त्री पर्यटन मन्त्रालय २०४०, सहायक पर्यटन मन्त्री २०३८ मा बनेका थिए । हाल राप्रपाको वरिष्ठ नेता रहेका छन् । २००७ सालमा जन्मेका उनी रुपन्देहीबाट पहिलोपटक राष्ट्रिय पन्चायतको सदस्य बनेर ०३८ सालमा ३१ वर्षको उमेरमा मन्त्री बनेका थिए । 
 

रुपन्देही क्षेत्र ३ का अन्य उम्मेदवारहरू