नेकपा मसालबाट राजनीतिक यात्रा सुरु गरेका टोपबहादुर रायमाझी अखिल छैठांैको केन्द्रीय अध्यक्ष बने । माओवादीमा लागेका उनी सशस्त्र युद्ध सुरुवातसँगै भूमिगत भए । माओवादीमा पदाधिकारी भएका उनी नेकपाकालपछि एमालेमै बसे । माओवादीको विभिन्न जिम्मेवारीमा काम गरेका उनी युद्धकालमा गण्डक क्षेत्रको कमाण्ड सम्हालेका थिए । माओवादी शान्ति प्रकृयामा आएसँगै उनी ०६४, ०७० र ०७४ मा अर्घाखाँचीबाट लगातार चुनाव जिते । यो बीचमा उनी पटक पटक मन्त्री तथा उपप्रधानमन्त्री बने । एमालेमा लागेकै कारण सांसद पद गुमाएका उनी दशौ महाधिवेशनबाट सचिवमा निर्वाचित भए ।