आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

ठाकुर प्रसाद गैरे

मत - 28645

विजयी

ठाकुर प्रसाद गैरे (Thakur Prasad Gaire)

सीमा क्षेत्र सुरक्षाको आन्दोलन तथा विद्यार्थी सहुलियतमा ४५ प्रतिशत छुट गराउने आन्दोलनको नेतृत्व गरेर चर्चामा आएका नेता हुन् ठाकुर गैरे । २०६२÷०६३ को जनआन्दोलनमा उनले आफ्नो संगठनको तर्फबाट नेतृत्व गरेका थिए ।  बगनासकाली गाउँपालिकामा २०२५ सालमा जन्मेका गैरेले २०४७ सालबाट राजनीतिमा क्रियाशील छन् । २०५१ सालमा अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष,े भएका उनी २०६३ मा केन्द्रीय कमिटीको अध्यक्ष भएका थिए । एमालेको आठांै,नवौ,दशौं महाधिवेशनबाट केन्द्रीय सदस्य तथा अहिले पोलिटब्युरो सदस्य छन् । संसदयात्रा उनको पहिलो प्रयास हो ।