आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

गोकर्ण राज विष्‍ट

मत - 28476

विजयी

गोकर्ण राज विष्‍ट (Gokarna Raj Bista)

गुल्मीको इस्मा गाउँपालिका–४ मा जन्मिएका गोकर्ण बिष्ट नेकपा एमाले प्रभावशाली नेता हुन् । परिवारका सदस्य बामपन्थी पृष्ठभूमिका भएका कारण उनलाई सानै उमेरदेखि राजनीतिले प्रभाव पारेको थियो । औपचारिक राजनीति भने उनले ०३६ सालमा चलेको विद्यार्थी आन्दोलनबाट सुरु गरे । प्ररायुसंघको केन्द्रीय अध्यक्ष बनेका विष्ट ०५६, ०६४, ०७० र ०७४ मा भएका निर्वाचनमा गुल्मी क्षेत्र नं. ३ बाट एमालेका तर्फबाट संसदको उम्मेदवार भए । उनले ०५६, ०७० र ०७४ को चुनावमा मात्रै जिते । बिष्ट ०६८ सालमा ऊर्जा मन्त्री बनेका थिए भने ०७४ सालमा निर्वाचित भएपछि श्रम रोजगार मन्त्री बनेका थिए । पार्टीको केन्द्रीय सचिव रहेका उनी लामो समय केन्द्रीय सदस्य भएर काम गरेका थिए ।