विद्यार्थी राजनीतिबाट आएका उनी २०६० सालमा पोखराको पृथ्वीनारायण क्याम्पसको स्ववियू सभापति बनेका थिए । केपी ओली समूह अल्पमतमा हुँदाहुँदै २०७४ अगाडि पर्वत पार्टी जिल्ला अध्यक्ष बन्न सफल गिरीले २०७४ मै प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेर जिल्लाका हेभिवेट उम्मेदवार अर्जुन जोशीलाई हराएका थिए । अहिले उनै जोशीसँग गिरीको प्रतिस्पर्धा छ ।