वीपी कोइराला पुत्र शशांक २०६४, २०७० मा नवलपरासीबाट निर्वाचन जितेर सांसद बने । आँखा डाक्टर समेत रहेका कोइराला २०७४ को निर्वाचनमा गण्डकीका १८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा विजयी हुने एकमात्र कांग्रेस उम्मेदवार हुन् । निर्वाचन पछि नेपाली कांग्रेसबाट आफू प्रधानमन्त्रीको दाबेदार भएको उनको दाबी छ ।