एमाले जिल्ला कमिटीको उपाध्यक्षपछि अध्यक्ष लड्दा पराजित बनेका उनलाई पार्टीले २०७४ सालमा जिल्ला समन्वय समिति प्रमुख बनाउने गरी कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ५ मा वडासदस्य उम्मेदवार बनाएको थियो । तर त्यो निर्वाचनमा उनी पराजित बने । जिल्ला कमिटी अध्यक्षमा पराजित उनलाई पार्टीले अहिले संसदीय निर्वाचनमा होमेको छ ।