आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

अन्‍जना विशंखे

मत - 5265

अन्‍जना विशंखे (Anjana Bisankhe)

स्थायी कमिटी सदस्य रहेकी अन्‍जना विशंखे नेकपा (माओवादी केन्द्र)को उम्मेदवार हुन्। २०४६ सालमा अखिल नेपाल महिला संघबाट राजनीतिमा सक्रिय, २०४८ मा पद्मकन्या क्याम्पसको विद्यार्थी संगठनको इकाई उपाध्यक्ष, २०५१ मा अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य, २०५७÷५८ मा नेकपा (एकता केन्द्र) चितवनको जिल्ला पार्टी सदस्य, मकवानपुर जिल्लाको पार्टी सेक्रेटरी २०५८ देखि २०५९ सम्म भइन्। २०६३ पछि एकीकृत माओवादीमा केन्द्रीय सदस्य, २०६४ मा माओवादीको राज्य समिति सचिव एमाओवादीको सचिवालय सदस्य २०७०÷०७१ हुँदै  २०७५ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य बनेकी थिइन्। 

काठमाण्डौँ क्षेत्र १० का अन्य उम्मेदवारहरू