नेकपा माओवादी केन्द्रका नेता हितबहादुर तामाङ सत्ता गठबन्धनका साझा उम्मेदवार हुन्। २०३६ सालमा अनेरास्ववियुको छैटौँ जिल्ला सम्मेलनबाट सदस्य बनेका उनी २०३८ सालमा नुवाकोट जिल्ला समिति सचिव भए । सक्रिय राजनीतिमा रहेको उनी २०५२ सालमा तत्कालीन नेकपा माओवादीले जनयुद्ध घोषणा गरेपछि तामाङ जनयुद्धमा सहभागी हुँदै भूमिगत भए। भूमिगतकालमा २०५३ सालमा क्षेत्रीय ब्युरो सदस्य तथा नुवाकोट र रसुवा संयुक्त जिल्ला इन्चार्ज भएर काम गरे । उनी २०६३ मा अन्तरिम व्यवस्थापिका संसद्को विधायका बने । २०६४ देखि तीन पटक चुनाव लड्दा २०७४ को निर्वाचनमा विजयी बने। उनी युवा खेलकुदमन्त्री समेत भएका थिए।