नेकपा एमालेबाट दोलखाको प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका बालकृष्ण शिवाकोटी प्रतिष्ठित उद्योगी तथा व्यवसायी पनि हुन् । उनी नेकपा एमाले वागमती प्रदेश कमिटी सदस्य छन् । उनको यो पहिलो चुनावी प्रतिस्पर्धा हो । एमालेमा करिब ३ दशकदेखि सक्रिय रहेका शिवाकोटी प्रदेशसभा २ बाट उम्मेदवारका आकांक्षी थिए । तर, उनलाई पार्टीले प्रतिनिधिसभाको उम्मेदवार बनायो । उनी जिल्लाको सुनखानीका बासिन्दा हुन् ।