नेकपा एमालेका नेता मियाँको जन्म पर्साको जगरनाथपुरमा २०११ सालमा भएको हो । कक्षा ८ सम्म मात्र अध्ययन गर्न पाएका उनले राप्रपाबाट राजनीति सुरु गरे । बहुदल अगाडिसम्म राप्रपामा सक्रिय उनले ०४७ मा काँग्रेसमा पुगे ।०४९ मा जिविसको इलाका सदस्यमा निर्वाचित भएका मियाँ ०७४ को स्थानीय तहको निर्वाचन अघि माओवादीमा प्रवेश गरे । माओवादीको केन्द्रीय सल्लाहकार पनि भए ।
माओवादीबाटै उनी जगरनाथपुरको अध्यक्षमा पनि निर्वाचित भएका थिए । तर पछि एमालेमा प्रवेश गरे । उनी पहिलो पटक संसदीय निर्वाचन लडेका छन् । वन सम्बन्धी मुद्दामा उनी ३ महिना जेल पनि बसेका हुन् ।