श्रेष्ठ नेकपा एकिकृत समाजवादीका नेता हुन् । उनी ०७४ मा तनहुँ १ बाट निर्वाचन जितेका थिए । रामचन्द्र पौडेललाई पराजित गरेर चर्चामा आएका उनी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री समेत भइसकेका छन् । सत्ता गठबन्धनले तनहुँ १ मा पौडेललाई उम्मेदवार बनाएपछि श्रेष्ठ बारा ४ बाट उम्मेदवार बने ।