आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

उमाकान्त चौधरी

मत - 30056

उमाकान्त चौधरी (Umakant Chaudhary)

नेपाली काँग्रेसका नेता चौधरी बाराको कोहल्वी नगरपालिकामा पर्ने बेलवामा २०२४ चैत २० मा जन्मिएका हुन् । उनको हालको ठेगाना ललितपुर छ । उनी स्नातकोत्तर अध्ययन गरेका छन् ।
०३६ सालमा नेपाली काँग्रेसको नेविसंघमा आवद्ध भई राजनीति यात्र सुरु गरेका थिए चौधरी । उनी अहिले पार्टीको केन्द्रीय सदस्य छन् । ०५६ मा उनी बारा क्षेत्र नम्वर १ बाट निर्वाचित भएका थिए ।
०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा उनी बारा क्षेत्र नम्वर ५ बाट निर्वाचित भए । ०७४ मा उनी बारा १ बाट बाजी मारे । ०५९ मा उनी कृषि तथा सहकारी सहायकमन्त्री, ०६४ मा स्वास्थ्य तथा जनसंख्यामन्त्री र ०७९ मा खानेपानी तथा सरसफाई मन्त्री भइसकेका छन् ।

बारा क्षेत्र १ का अन्य उम्मेदवारहरू