आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

प्रमोद साह

मत - 14255

प्रमोद साह (Pramod Shah)

जनता समाजवादी पार्टी (जसपा)का प्रमुख सचेतक हुन् साह । उनी ०७४ मा तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा)बाट जितेका थिए ।

२०५५ सालमा साह रा.रा.ब. क्याम्पस जनकपुरमा स्वतन्त्र विधार्थी युनियनको उप–सभापतिमा  विजयी बनेका थिए । २०५७ मा नेपाल विधार्थी मंचको  महासचिव बने । २०५८ सालमा विद्यार्थी मंचको केन्द्रीय अध्यक्ष बन्न सफल भए ।

२०६२ सालमा सद्भावना पार्टीको सर्लाही जिल्ला सचिव र २०६८ सालमा सद्भावना पार्टीको सर्लाही अध्यक्ष भई काम गरेका थिए । २०७० सालमा सर्लाही क्षेत्र नम्वर ५ मा दोस्रो संविधानसभा सदस्यका लागि सद्भावना पार्टीबाट चुनाव लडे तर हारेका थिए ।

सर्लाही क्षेत्र १ का अन्य उम्मेदवारहरू