महोत्तरीको सम्सी ४ का स्थायी बासिन्दा यादव जनता समाजवादी पार्टी (जसपा)का निवर्तमान साँसद हुन् । चिकित्सा पेशासँगै उनी राजनीतिमा सक्रिय छन् ।
उनले ०४७ सालबाटै राजनीति यात्रा सुरु गरेका थिए । माओवादीबाट अलग भएर डा. बाबुराम भट्टराईले गठन गरेको नयाँ शक्ति पार्टीमा आवद्ध भएपछि उनी राजनीतिमा सक्रिय भए । पछि उनी उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरममा लागे ।
०७४ मा संघीय समाजवादी फोरमबाटै सप्तरी ४ मा निर्वाचित भए । त्यसपछि उनी स्वास्थ्य राज्यमन्त्री बन्ने अवसर पनि पाए । यो पटक उनलाई चुनावमा नेकपा एमालेको पनि समर्थन छ ।